Logo

ग्याँस लिन निगमका प्रतिनिधि बंगलादेशमा, आज छलफल हुँदै

ग्याँस लिन निगमका प्रतिनिधि बंगलादेशमा, आज छलफल हुँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयाल निगमका प्रतिनिधि ग्याँस आयातका लागि बंगलादेशमा पुगेका छन् । भारतले अघोषित नाकाबन्दी गरी पेट्रोलियम पदार्थ दिन छाडेपछि ग्याँस आयातका लागि शनिबार बंगलादेश पुगेका निगमका प्रतिनिधिले आज बंगलादेश आयल, ग्याँस एण्ड मिनिरल कर्पोरेशन(पेट्रोबंगाल)का प्रतिनिधिसँग छलफल गर्ने नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए ।

बंगालदेशबाट ग्याँस आयातका लागि निगमका ग्याँस विभागका निर्देशक मुकुन्द घिमिरे र विरेन्द्र गोइत शनिबार नै बंगालदेश पुगेका छन् । उनीहरुले पेट्रोबंगालका प्रतिनिधिसँग आज र भोली छलफल गर्ने छन् । छलफल पश्चात ग्याँस आयात गरिने समेत निगमले जानकारी दिएको छ ।

खड्काका अनुसार सकभर स्थलमार्गबाट ग्याँस आयात गरिने छ । स्थलमार्गबाट ल्याउन सम्भव नभए हवाइमार्गबाट भएपनि आयात गरिने भएको छ । देशमा ग्याँसको चरम अभाव भएपछि हवाइमार्गबाट भएपनि ग्याँस ल्याउने तयारी गरिएको खड्का बताउँछन् । बंगालादेशबाट ग्याँस ल्याउँदा प्रति सिलिण्डर मुल्य भने तय नभएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्