Logo

‘सेक्युरिटी’का लागि मात्र पेट्रोलियम, सार्वजनिक सवारीसाधनले पनि नपाउने

‘सेक्युरिटी’का लागि मात्र पेट्रोलियम, सार्वजनिक सवारीसाधनले पनि नपाउने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल आयल निगमले ‘सेक्युयरिटी’ का लागि मात्र पेट्रोलियम उपलब्ध गराउने बताएको छ । हाल मौजादमा रहेको पेट्रोलियम समेत सकिएकोले निजी तथा सार्वजनिक सवारीसाधनलाई पनि दिन नसकिने नेपाल आयल निगमका महाप्रवन्धक गोपालबहादुर खड्काले जानकारी दिए । ‘हामीसँग रहेका सवै पेट्रोलियम सकिएको छ,’ उनले भने, ‘अव सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक सरकारी गाडीलाई मात्र पेट्रोलियम दिइने छ ।’

खड्काका अनुसार हाल मौजादतमा रहेका पेट्रोलियम पदार्थ अत्याश्यक सवारीसाधनका लागि चाहिले भएकाले निजी तथा सार्वजनिक सवारीसाधलाई वितरण नगरिने भएको हो । ‘अहिले हामीसँग जति पेट्रोलियम पदार्थ छ त्यो पनि वितरण गरियो भने सुरक्षा निकायलगायतका अत्यावश्यक सवारीसाधका लागि समेत दिन सकिँदैन,’ उनले भने, ‘निगमसँग रहेका पेट्रोलियम त्यस्ता सवारीसाधनका लागि चाहिन्छ ।’

निगमले आइतबार पनि उपत्यकामा जम्मा ९ स्थानबाट मात्र पेट्रोलियम पदार्थ वितरण गरेको थियो । जसमा प्रहरी र सेनाको पम्मा गरी ४ वटामा जम्मा २४ हजार लिटर पेट्रोल दिएको थियो भने अन्य ५ वटा पम्पबाट डिजेलमात्र दिएको थियो । आगामी दिनमा उक्त वितरण कार्य पनि रोकिने निगमले जानकारी दिएको छ । निगमले आइतबार ८० हजार लिटर मात्र डिजेल वितरण गरेको थियो ।

पेट्रोल तथा डिजेल अभावले गर्दा यात्रुवाहक सार्वजकि सवारीसाधनलाई समेत समस्या पर्ने निगमले जानकारी दिएको छ । स्टकमा नभएकाले उक्त सवारीसाधनलाई पनि दिन नसकिने निगमको तर्क छ । जसको प्रभाव नजिकिँदै गरेको तिहारमा घर जाने सर्वसाधारणलाई बढी पर्ने छ ।

तराइमा भइरहेको आन्दोलन तथा भारतले लगाएको अघोषित नाकाबन्दीका कारण झण्डै २ महिना यता देशमा पेट्रोलियम पदार्थ तथा ग्याँसको अभाव हुँदै आएको छ । चीनबाट पनि तत्कालका लागि आवश्यक मात्रामा पेट्रोलियम ल्याउन नसकिने भएकाले निजी सवारीसाधनलाई वितरण गर्न नसकिने उनको तर्क थियो । चीनले नेपाल सरकारलाई दिएको अनुदानमा दिएको १ हजार मेट्रिक टनमध्ये हाल आधाभनदा बढी पेट्रोल नेपाल आइसकेको छ । तर, थप पेट्रोलियम ल्याउनका लागि नेपाल सरकार र चीन सरकारसँग सम्झौता गर्नुपर्ने हुन्छ । एनओसीले भने दुईदेशबीच सम्झौता गरेर पेट्रोलियम ल्याउनका लागि पेट्रो चाइनालाई पत्राचार गरिसकेको खड्काले जानकारी दिए । साथै, निगमले ग्याँस आपूर्तिका लागि पनि चीन र बंगलादेशसँग छलफल अघि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्