Logo

तराई बन्दले बढायो हवाइ जहाजको व्यस्थता

तराई बन्दले बढायो हवाइ जहाजको व्यस्थता


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१७ भदौ,काठमाडौं । करिव ३ हप्तादेखि तराईका केही जिल्लामा भएको बन्द तथा हड्तालले गर्दा वायु सेवा कम्पनीहरुको व्यवस्थता बढाएको छ । अहिले विशेषगरी तराईबाट हवाइमार्गबाट काठमाडौं आउने यात्रुको चाप बढेको हो ।

यात्रुको चाप बढेपछी नियमित उडान गर्दै आएका सवै बायु सेवा कम्पनीहरुले तराईका जिल्लामा अतिरिक्त उडान भरिरहेका वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले बताए । ‘सवै एयरलाइन्सले अतिरिक्त उडान भरिरहेका छन् उनले भने , ‘अझैपनि तराईबाट सजिलै काठमाडौं आउन सकेका छैनन् ।’

विमानले क्षमताभन्दा बढी यात्रु नबोक्ने भएकोले यात्रुले यात्राका लागि कुर्नुपरेको आचार्यले जानकारी दिए ।

‘चापले गर्दा यात्रा गर्नुभन्दा ४ ५ दिन अगाडी नै टिकट बुकिङ गर्नुपर्ने अवस्थ छ’ उनले भने । उनका अनुसार भद्रपुर विमानस्थलबाट काठमाडौँ आउने यात्रुको संखयामा उल्लेखनीय वृद्धि भएको पाइएको छ ।

भद्रपुर विमानस्थलबाट बुद्ध एयरले दुई, यति एयरले दुई र सौर्य एयरलाइन्सले एउटा उडान भर्दै आएकामा बन्द र हड्तालले एयरलाइन्सवालाले आआफ्नो तालिकामा परिवर्तन गरी बुद्धले चार, यतिले पाँच र सौर्यले दुई ओटा दैनिक उडान गर्ने गरेका छन् ।

त्यस्तै तराईका अन्य स्थानमा पनि कम्पनीहरुले अतिरिक्त उडान भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्