Logo

उपत्यकाका १० स्थानमा सार्वजनिक शौचालय

उपत्यकाका १० स्थानमा सार्वजनिक शौचालय


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१२ भदौ,काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा (सिटी सर्भिस सेन्टर) सार्वजनिक शौचालय बन्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले उपत्यकाका बढी चहलपहल हुने स्थानमा शौचालय बनाउन लागेको हो । उपत्यकाको शौचालयको समस्यालाई मध्यनजर गर्दै कलंकी, कालिमाटी, बानेश्वर, बालाजुलगायत १० ठाउँमा शौचालय बनाउन लागेको महानगरपालिकाको पब्लिक प्राइभेट पाटर्नसिप शाखाका प्रमुख शिवराज अधिकारीले बताए ।

‘हाल हामीले सही स्थानको अध्ययन गरिरहेका छौं’ उनले भने । महानगरपालिकाले पसल तथा सटर सहितको सिटी सर्भिस सेन्टर बनाउन लागेको हो । जसमा सार्वजनिक शौचालय हुन्छ । सरकारले चालु आर्थिक बर्षको बजेटमा काठमाडौं उपत्यकामा ४ सय

सार्वजनिक शौचालय बनाइने योजना उल्लेख गरेको छ ।  महानगरपालिकाले सोहि अनुरुप सार्वजनिक शौचालय बनाउन लागेको हो । महानगरपालिकाका अनुसार सो शौचालय प्रयोग गरे वापत शुल्क लाग्दैन ।

महानगरपालिकाले पब्लिक प्राइभेट पार्टनरशिपमा शौचालय बनाउन लागेको उनले जानकारी दिए ।

विशेषगरी उपत्यका बाहिरबाट आएका मानिसहरुलाई शौचालयको समस्या भएको अधिकारीले बताए । ‘उपत्यकाका मानिसहरु त सपिङ मल तिर जान्छन् , बाहिरबाट आएकाका लागि यो ठूलो समस्या हो’ उनले भने । हाल भएका केही शौचलयहरुमा पनि फोहोर हुने तथा मनलाग्दी शुल्क लिएको उनी बताउँछन् । महानगरपालिकाले बनाउन लागेको शौचालय आधुनिक र सफा हुने छ ।

प्रतिक्रिया दिनुहोस्