Logo

सेजनले आज नयाँ नेतृत्व पाउदै, अध्यक्ष र महासचिवमा ३।३ दाबेदार

सेजनले आज नयाँ नेतृत्व पाउदै, अध्यक्ष र महासचिवमा ३।३ दाबेदार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

११ भदौ काठमाडौं  । नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आज नयाँ नेतृत्व पाउँदै छ । नयाँ कार्यसमितिका विभिन्न पदका लागि शुक्रवार २ बजेदेखि हुने मतदानका आधारमा नयाँ नेतृत्व चयन गरिने छ ।

सेजनमा अध्यक्ष पदमा नागरिक दैनिकका कुवेर चालिसे, कारोवार दैनिकका लोकबहादुर चापागाई र कान्तिपुर दैनिकका गोकर्ण अवस्थीले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसमध्ये चापागाई सेजनको बर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । त्यस्तै चालिसे र अवस्थी सेजनका पूर्व उपाध्यक्ष हुन् ।

त्यसैगरी उपाध्यक्ष पदका लागि दि हिमालयन टाइम्सका पुष्पराज आचार्य, इमेज टेलिभिजनका रमेश ढकाल, नेपाल टेलिभिजनका बद्री गौतम र राष्ट्रिय समाचार समितिका शरदचन्द्र भण्डारी उठेका छन् । सेजनको महासचिव पदका लागि पनि ३ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । महासचिवमा दि राइजिङ नेपालका मोदनाथ ढकाल, एभिन्यूज टेलिभिजनका अच्युत पौडेल र बिजमाण्डुका सुदर्शन सापकोटाले  उम्मेद्वारी दर्ता गराएका हुन् ।

यसपटक सचिव पदमा  बिजखबर डटकमका रामराजा श्रेष्ठ, अन्नपूर्ण पोष्टका आशिष ज्ञवाली, नेपालीपत्रका उद्धब थापा,र कारोवार दैनिकका भूवन पौडेल र गोरखापत्र दैनिकका सिताराम विलासी गरी ५ जना भिड्दैछन् । कोषध्यक्ष पदमा अनलाइन खबर डटकमका पुष्प दुलाल,कारोवारकी राधिका ढकाल र राजधानी दैनिकका भीम गौतमले दाबी गरेका छन् ।

सदस्यका लागि यसपटक ९ जनाले दाबी गरेका छन् । कारोबार दैनिककी सरस्वती ढकाल, बिजमाण्डूका सविन मिश्र, नागरिक दैनिकका सुजन ओली, कान्तिपुर एफएमका अनिल परियार, नयाँ पत्रिका दैनिकका सुदीपकुमार ढुंगाना, माउन्टेन टेलिभिजनका भागवत भट्टराई, हिमालय टाइम्स दैनिकका किरण ढकाल र मेरो लगानीका सुरेन्द्र थापाले उम्मेद्वारी दर्ता गराएको सेजनले जानकारी दिएको छ ।

निर्वाचनका लागि नेपाल पत्रकार महासंघका पूर्वसभापति सुरेश आचार्यको संयोजकत्वमा कानूनी व्यवसायी कृष्णप्रसाद पनेरु र नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर रहेको निर्वाचन समिति गठन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्