Logo

लैनचौरमा दुईतले पार्किङ, ठमेल जोड्ने सव–वे पनि बन्दै

लैनचौरमा दुईतले पार्किङ, ठमेल जोड्ने सव–वे पनि बन्दै


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

१० भदौ, काठमाडौ । काठमाडौं महानगरपालिकाले लैनचौरमा बेसमन्ट पार्किङ बनाउने भएको छ ।

हाल पार्किङ बनाउनका लागि गृहकार्य गरिरहेको महानगरपालिकाको पब्लिक प्राइभेट पाटर्नसिप शाखाका प्रमुख शिवराज अधिकारीले बताए । ‘लैनचौरमा दुइ तले पार्किङका साथै ठमेल जोड्ने सव वे पनि बनाउन अध्ययन गरिरहेका छनैं’ उनले भने । अधिकारीका अनुसार लैनचौरमा दुग्ध संस्थान संगैको खाली जग्गामा बेसमेन्ट पार्किङ बनाउन लागिएको हो ।

अधिकारीका अनुसार सरकारले सहरी क्षेत्रमा पार्किङको व्यवस्थापन गर्ने नीति ल्याएको नीति र नगरपरिषद्को पनि त्यस्तै नीति भएकोले पार्किङ बनाउन लागिएको हो । ठमेल तथा लैनचौर क्षेत्रको पार्किङको समस्यालाई मध्यनजर गर्दै २ तले बेसमेन्ट पार्किङ बनाउन लागेको उनले जानकारी दिए ।

महानगरपालिकाले त्यसका लागि चाँदैनै इच्छुक फर्म वा कम्पनीलाई अध्ययनका लागि आवेदन पेस गर्न आवह्वान गर्छ । अधिकारीका अनुसार इच्छुक जुनसुकै कम्पनीले महानगरपालिकामा आफ्नो प्रस्ताव पेस गर्न सक्नेछन् । साथै, प्राप्त प्रस्तावमध्ये उत्कृष्ट छानेर प्रपोजल मागिने उनले जानकारी दिए ।

पर्यटकहरुको आकर्षण भएकोले ठमेल जोड्ने सव वे बनाउन लागेको बताइएको छ । ‘ठमेललको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सव वे बनाउन लागिएको हा’ उनले भने । सववे बनेपछी लैनचौरमा सवारी पार्किङ गरेर ठमेल जान सहज हुने उनको अनुमान छ ।
साथै, व्यवस्थित पार्किङले गर्दा सहर पनि व्यवस्थित देखिने अधिकारीको भनाइ छ ।

यात्रुहरुलाई मनोटोनस हुने तथा व्यवसायको हिसावले सव–वेको वरिपरी कफी सपहरु पनि खोल्ने शिवराज अधिकारीले बताए । त्यस्तै महानगरपालिकाले धर्मपथमा पनि पार्किङ बनाउन गृहकार्य गरिरहेको छ । धर्मपथमा बनाउन पार्किङ भने बेसमेन्ट नहुने उनले जानकारी दिए । महानगरपालिलकाले हालै खुल्लामञ्चमा बेसमन्ट पार्किङ  बनाउनका लागि वोलपत्र आव्हान  गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्