Logo

अमलेखगञ्ज–रक्सौंल पाइपलाइन निर्माण सम्झौता सम्पन्न

अमलेखगञ्ज–रक्सौंल पाइपलाइन निर्माण सम्झौता सम्पन्न


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ भदौ,काठमाडौं । अमलेखगञ्ज–रक्सौंल पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच सम्झौंतापत्रमा वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतीय पेट्रोलियममन्त्री धमेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा वाणिज्यमन्त्री थापाले यो नेपालका लागि ऐतिहासिक दिन रहेको बताए । ‘यो हाम्रो बीस वर्षदेखिको सपना हो हो,’ उनले भने । साथै पाइपलाइन तोकिएको समयभन्दा अघिनै निर्माण हुने जानकारी दिए । उनका अनुसार इन्डियन आयल कर्पोरेशन(आइओसी)ले सो पाइपलाइन निर्माण गर्ने छ ।

सो कार्यक्रममा भारतीय पेट्रोलियमन्त्री प्रधानले आफु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिवद्धता पूरा गर्न आएको बताए ।

‘यो परियोजना दुवै देशको सरकारले बनाउने हो उनले भने, ‘त्यसैले  दुबै देशको परियोजनाको आधारमा अघि बढ्छ ।’ उनले आफु परियोजना सुरु गरेपछि पूरा गर्न आतुर रहेको बताए ।
वाणिज्य सचिव ङइन्द्र उपाध्यायले पाइपलाइन सम्झौंताले समृद्धिको ढोका खोल्ने बताए ।

पाईपलाईनको २ खर्ब ७५ अर्ब रुपैयाँ लागत मध्ये भारतले २ खर्ब (७३ प्रतिशत) र नेपालले ७५ (२७ प्रतिशत) अर्ब रुपैयाँ बेहोर्ने छ । त्यस्तै निर्माणको लागत बढेमा सोहीअनुपातमा दुवै पक्षले थप लागनी गर्ने समझदारीपत्रमा व्यवस्था गरिएको छ ।
सम्झौता भएको ३० महिनाभित्रै निर्माण सम्पन्न गरिने बताइएको छ । पाईपलाईनको निर्माण इण्डियन आयल कर्पोरेशन (आईओसी)ले गर्ने छ । ४१ किलोमिटरको लम्बाईको पाइपलाइनको ३९ किलोमिटर नेपालतर्फ र २ किलोमिटर भारततर्फ पर्दछ । पाईपलाईनको मोटाई १० दशमलव २ सेनटीमिटर हुने छ ।

पाईपलाईन निर्माण सम्पन्न भएको १५ वर्षसम्म संयुक्त रुपमा सञ्चालन गरिने छ । १५ वर्षपछि पाईपलाईन स्वतः नेपालको हुने व्यवस्था समझादारीपत्रमा रहेको घिमिरेले जानकारी दिए । उनका अनुसार प्रत्येक ५÷५ वर्षमा समझदारी नविकरण गरिने छ ।

दुई मुलुकबीचको संयुक्त लगानीमा बन्ने पेट्रोलियम पाईपलाईन तेस्रो पक्षले समेत उपयोग गर्न सक्ने छन् ।
इण्डियन आयल कर्पोरेशन (आईओसी)ले रक्सौलबाट पम्पिङ गरेर पाईपमार्फत पेट्रोलियम पदार्थ पठाउने छ । त्यसलाई निगमले रिसिभ गरी अमलेखगञ्जस्थित डिपोमा भण्डारण गर्ने छ । उक्त पाईपलाईनबाट एक पटकमा ३ हजार किलोलिटर पेट्रोलियम पदार्थ पठाउन मिल्छ । एक पटकमा एक थरी पेट्रोलियम पदार्थमात्रै पठाउन मिल्ने छ ।
अमलेखगञ्जसम्मको पाइपलाई निर्माण

प्रतिक्रिया दिनुहोस्