Logo

नेपाल भित्रिनेमा ३१ देखि ४५ उमेर समुहको पर्यटक बढी

नेपाल भित्रिनेमा ३१ देखि ४५ उमेर समुहको पर्यटक बढी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३० साउन,काठमाडौं । सन् २०१४ मा नेपालमा ७ लाख ९० हजार १ सय १८ पर्यटक भित्रिएका थिए । नेपालमा भ्रमणका लागि आउनेमध्ये ३ देखि ४५ उमेरको संख्या बढी छ ।

त्यसपछी दोश्रोमा १६ देखि ३० बर्षसम्मका पर्यटक बढी आउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक रिपोर्टले देखाएको छ । नेपाल पर्यटन तथयांक अनुसार २०१४ मा ३१ देखि ४५ बर्षसम्मका २ लाख ३५ हजार ७ सय ३८ पर्यटक नेपाल भित्रिएका थिए ।

त्यस्तै १६ देखि ३० बर्षसम्मका १ लाख ८५ हजार ६ सय ८५ पर्यटक नेपाल भित्रिएका थिए । तेस्रोमा ४० देखि ६० उमेर समुहका १ लाख ८३ हजार ५ सय ८२ पर्यटक गत बर्ष नेपाल भित्रिएका थिए ।

नेपालमा विशेषगरी घुम्न तथा आनन्द लिन आउने पर्यटक बढी छन् । २०१४ मा ४ लाख १० हजार ९८ सय ३४ पर्यटक मनोरञ्जनका लागि आएका थिए । त्यस्तै धार्मिक क्रियाकलापका लागि गत बर्ष ९८ हजार ७ सय ६५ पर्यटक नेपाल भित्रिएका थिए ।  त्यस्तै  ट्रेकिङ तथा पर्वतारोहण पर्यटकहरुको  तेस्रो गन्तव्य बनेको छ ।   २०१४ मा ९७ हजार १ सय ८५ जना पर्यटक  ट्रेकिङ तथा पर्वतारोहणका लागि नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्