Logo

एडीवीले दियो २ करोड ७५ लाख डलर

एडीवीले दियो २ करोड ७५ लाख डलर


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबददाता

२६ साउन,काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले २ करोड ७५ लाख अमेरिकी डलर ऋण दिने निश्चित भएको छ । नेपाललाई सो ऋण दिने सम्बन्धमा एडीबीले अनुमोदन गरिसकेको एडीवीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस अघि एडीवीले नेपाल सरकारलाई भुकम्प पछि रिकभर गर्न बजेट सपोर्टका रुपमा सहयोग गर्ने बताएको थियो ।

एडिबीका साउथ एसिया डिपार्टमेण्टका वित्तिय क्षेत्र विशेषज्ञ मायुमी ओजाकीले सो ऋण भूकम्पले तहसनहस पारेका आर्थिक क्षेत्रमा सहयोग गरिने बताए । सो सहयोग ग्रामीण वित्तीय विकास कार्यक्रम अन्तर्गत ग्रामीण समुदायको वित्तीय सुधार गर्ने उद्देश्यले लिन लागेको बताइएको छ ।

हाल सरकारले ग्रामीण वित्तीय क्षेत्र सुदृढ बनाउन योजना बनाइरहेको छ । भूकम्पले ७ अर्व डलर बराबरको नोक्सान गरेको थियो । जुन कुल ग्राह्यस्थ उत्पादनको एक तिहाइ हो । त्यसले गर्दा नेपालको गरिवी निवारणका लक्ष्य पुरा गर्न नसक्ने भएको छ ।

त्यस्तै ग्रामिण भेगका ८ लाख भन्दा बढी जनता भूकम्पबाट पिडीत छन् । एडिबीले विशेषगरी ग्रामीण भेगको विकाशका लागि सहयोग गर्न लागेको हो । एडिबीले बजेटलाई सहयोग गर्ने ऋणका साथै यस अघि २० करोडको आपतकालीन सहयोग र ३० लाख बराबरको आपतकालीन राहत अनुदान सहयोग गरेको थियो । त्यस्तै जापानले गरिबी निवारणका लागि दिने १५ मिलियन डलर बराबरको अनुदान पनि पाइपलाइनमा रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्