Logo

टेलिकमको रिचार्ज समस्या हट्न अझै समय लाग्ने

टेलिकमको रिचार्ज समस्या हट्न अझै समय लाग्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२० साउन,काठमाडौं । विगत दुई महिनादेखि नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको छ ।

पछिल्लो समय रिचार्ज नहुने तथा रिचार्ज भएपनि सेवा सुचारु गर्न समय लाग्ने गुनासो उपभोक्ताहरुबाट सुनिन थालेको हो । ‘कति पटक रिचार्ज गर्दा पनि हुँदैन, कलंकीकी सुष्मा पौडेलले भनिन्, अव सेवा परिवर्तनको विकल्प रहेन ।’ एनटीसीको पोष्टपेड तथा प्रिपेड दुवै सेवामा यस्तो समस्या देखापरेकोले उनी दिक्क भएकी छिन् ।

टेलिकमले ‘एनटी रिचार्ज’ कार्ड विक्री सुरु गरेपछी रिचार्जको समस्या बढेको टेलिकमकी सहप्रवक्ता प्रतिभा वैद्य स्वीकार्छिन् । एनटी रिचार्ज कार्ड प्रयोगमा ल्याएपनि ग्राहकहरु पुरानै रिचार्ज कार्डमा आकर्षित भएकोले पुरानो सिष्टमले थेग्न नसक्दा यस्तो समस्या देखिएको उनले जानकारी दिइन् । ‘नयाँ सिष्टमको त्यति प्रयोगमा नआएकाले पुरानो सिष्टमले बढ्दो चापलाई थेग्न नसक्दा यस्तो समस्या आएको हो,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् । उनका अनुसार हाल पोष्टपेडलाई नयाँ सिष्टमको व्यवस्था गरिएको छैन । यसले गर्दा पुरानो रिचार्ज प्रयोग गर्न बाध्यहुन्छन् , साथै प्रिपेडका प्रयोगकर्ता पनि नयाँ रिचार्ज काडृ प्रयोग गर्न अभ्यस्त नभएको उनको भनाई छ ।

यो समस्या समाधानका लागि काम भइरहेको उनले जानकारी दिइन् । ‘अव असोजसम्ममा रिचार्जको समस्या हटाउने गरी काम भइरहेको छ’ उनले भनिन् । टेलिकमले हाल प्रिपेड सेवाको रिचार्ज नयाँ एनटी रिचार्ज तथा अन्य रिचार्ज सिष्टम अन्तर्गत नयाँ सिष्टममा सारेको छ । नेपाल टेलिकमका सबैभन्दा बढी करीब १ करोड ग्राहक रहेको जीएसएम प्रिपेड सेवाको

ठूलो संख्यामा रहेको ग्राहकको रिचार्ज नयाँ सिष्टममा सारिँदा पुरानो सिष्टमको चाप कम हुनुपर्ने र रिचार्जमा समस्या हुनु नपर्ने हो तर झन् समस्या बढ्दै गएको टेलिकमका ग्राहकको अनुभव छ ।
टेलिकमले सम्पूर्ण सेवाका लागि एउटै रिचार्ज कार्डको प्रयोग गरी एकद्वार प्रणालीका लागि कन्भरजेण्ट रियल टाइम बिलिङ (सीआरटीबी) सिष्टम सञ्चालनमा ल्याएको थियो ।

तर, हालसम्म टेलिकमका सीडीएमए, वाईम्याक्स र जीएसएम प्रिपेड सेवाको भुक्तानी मात्र यस सीआरटीबीमा समावेश गरेको छ । बाँकी सेवालाई पनि यस सिष्टमा ल्याउने कार्य भइरहेको टेलिकमले बताएको छ । ‘पुरानो रिचार्ज सेवाको ४० प्रतिशत नयाँमा गइसकेको छ,’ टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘बाँकी सेवाको रिचार्ज र महशुलसमेत छिट्टै नयाँ सिष्टममा ल्याउने गरी कार्य भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्