Logo

पूनःसञ्चालनमा आयो जानकी मेडिकल कलेज, आइतवारदेखि पठनपाठन शुरु

पूनःसञ्चालनमा आयो जानकी मेडिकल कलेज, आइतवारदेखि पठनपाठन शुरु


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१७ साउन, काठमाडौं । लामो समयदेखि बन्द रहेको जनकपुरस्थित जानकी मेडिकल कलेजमा आइतबारबाट पठन पाठन सुरू भएको छ ।

ब्यवस्थापकीय कमजोरीका कारण सो मेडिकल कलेज विगत केही समयदेखि बन्द रहेको थियो ।  कलेजको स्वामित्व नयाँ समूहले खरिद गरेपछि पढाइ सुरू भएको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा  नेपाल मेडिकल काउन्सीलद्वारा मान्यता प्राप्त सो कलेजलाई धनबहादुर शेरचन नेतृत्वको टोलीले खरिद गरेको थियो ।

लामो समयदेखि कलेजमा पठनपाठन नहुँदा त्यहाँ अध्ययनरत विद्यार्थीहरुको भविष्य अन्योलमा परेको थियो ।

करिब ७ सय शैया क्षमताको यस मेडिकल कलेजमा करिब ३ सय १७ जना विद्यार्थी विभिन्न तहमा अध्ययनरत छन् । ति विद्यार्थीहरुले तत्काल कलेज खुलाउन अथवा  आफूहरुलाई अन्यत्रै स्थानान्तरण गर्न माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

अहिले अधिकांश विद्यार्थी पढाइमा फर्किएको  कलेजले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्