Logo

एकै दिन के ल्यावको तीन नयाँ शाखा स्थापना

एकै दिन के ल्यावको तीन नयाँ शाखा स्थापना


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

१६ साउन, काठमाडौं । क्राउन ल्याबरोटरी रिफेयर सेन्टर (केल्याब)ले एकै दिन काठमाडौंका तीन ठाउँमा शाखा विस्तार गरेको छ ।

के ल्यावले बानेश्वर, चावहिल र पाटनमा शाखा स्थपना गरेको हो । शनिबार एक कार्यक्रमबीच के ल्यावको बानेश्वर शाखाको उद्दघाटन गरिएको थियो । उपत्यकाकाबासीलाई छिटो, छरितो, शुलभ ढंगले सबैको पहुँच पुग्ने गरी सेवा प्रदान गर्ने उद्देश्यका साथ ल्याव स्थापना गरिएको के ल्यावको अध्यक्ष तथा सञ्चालक शुसिल थापाले बताए ।

साथै ल्याव युरोपियन स्ट्याण्डर्डको भएको दावी गरे । ‘हामीले सवै सामान अमेरिका तथा फ्रान्सबाट आयात गरेका छौं’ उनले भने , त्यसैले ल्याव पनि युरोपियन स्ट्याण्डडकै छ ।’
अन्तरराष्ट्रिय मोडलको भएकोले ल्यावमा आउने जोकोहि पनि विश्वस्त भएर फर्कने उनको दावी छ ।

सन् २०१२ बाट सुरु भएको के ल्याबले यस अघि पुतलिसडक र नयाँ बजार क्षेत्रमा सेवा दिदै आएको थियो ।

विस्तारै ल्याव उपत्यका बाहिर पनि विस्तार गर्ने योजना रहेको थापाले जानकारी दिए । त्यस्तै स्वास्थ्य परिक्षण पछि पछी छिटो रिपोर्ट दिने उपत्यकाको एक मात्र भएको उनको दावी छ । सो अवसरमा ओम्निी केयरका संस्थापक हेमन्त श्रेष्ठले योग्य ल्यावको विशेषता भएको दावी गरे । साथै उपत्यकाका सबै जनतालाई सेवा दिने उद्देश्यले शाखा स्थापना गरेको जानकारी दिए ।ओम्निीकेयर के ल्यावको फ्रेन्चाइजी हो ।

प्रतिक्रिया दिनुहोस्