Logo

एनटीसीको प्रिपेडमा डाटा प्याक योजना

एनटीसीको प्रिपेडमा डाटा प्याक योजना


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१४ साउन,काठमाडौं । नेपाल टेलिकमले आफ्नो जीएसएम प्रिपेड सिममा डाटा प्याक योजना ल्याउने भएको छ ।

टेलिकमले चाँडैनै डाटा प्याक योजना सञ्चालनमा ल्याउन लागेको टेलिकमकी सहप्रवक्ता प्रतिभा बैद्यले बताइन् । ‘योजना साउन महिना भित्र लागु गर्ने छौं ’,उनले भनिन् ‘ हामी तयसकै तयारीमा लागिरहेका छौं । ’

उनका अनुसार केही समय अघि सञ्चलनमा आएको कन्भरजेन्ट रियल टाइम विलिङ सिष्टममा सेवाको भुक्तानी व्यवस्था मिलाउन काम भइरहेको छ । सो काम सकिएपछी तत्कालै डाटा प्याक योजना सञ्चालन गरिने बताइएको छ ।

सो योजना मार्फत जिएसएम प्रिपेडका डाटा प्रयोगकर्ताले सस्तो मूल्यमा मोवाइल इण्टरनेट चलाउन सक्नेछन् । टेलिकमले पोष्टपेड तथा सिडिएमएको प्रिपेड तथा पोष्टपेडमा यो योजना लागु गरिसकेको छ ।  हाल देशभर ६१ लाख २ हजार इण्डरनेट प्रयोगकर्ताहरु छन् ।

प्रतिक्रिया दिनुहोस्