Logo

त्रिवि र डाउनटाउनबीच सम्झौता, विद्यार्थी आदानप्रदान तथा अनुसन्धानमा सहकार्य गरिने

त्रिवि र डाउनटाउनबीच सम्झौता, विद्यार्थी आदानप्रदान तथा अनुसन्धानमा सहकार्य गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ साउन,काठमाडौं । त्रिभुवन विश्वविद्यालय र भारतको आसामस्थित डाउन टाउन विश्वविद्यालयबीच आपसी शैक्षिक तथा प्राज्ञिक आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।

मंगलबार एक कार्यक्रमबीच त्रिविका उपकुलपति डा हिराबहादुर महर्जन र आसाम विश्वविद्यालयका उपकुलपति डा नन्दिता चौधरीबीच सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा विद्यार्थी आदानप्रदान, अनुसन्धानमा सहकार्य, प्राज्ञिक सूचना तथा प्रकाशन तथा गोष्ठी, सेमिनारलगायतमा सहकार्यको समझदारी भएको हो ।

त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का उपाध्यक्ष डा कुलबहादुर बस्नेत र उपकुलपति चौधरीबीच पनि सोही प्रकारको सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्