Logo

स्मार्टडोकोको अपडेटेड नयाँ भर्सनको एप पुन: लन्च हुँदै, यस्ता छन् विशेषताहरु

स्मार्टडोकोको अपडेटेड नयाँ भर्सनको एप पुन: लन्च हुँदै, यस्ता छन् विशेषताहरु



काठमाडौं । आइएमएस ग्रुपको लगानीपछि इ–कर्मश कम्पनि स्मार्टडोकोले मोबाइल एप तथा वेभसाईटको नयाँ भर्जन अपडेटेड गरी पुन लन्च गर्ने भएको छ ।

यस नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ । यही अवसरमा स्मार्टडोकोले “स्मार्टडोको २०२१ रिलोडेड्” पनि ल्याएको छ । यस अफर अन्तरगत ग्राहकले विभिन्न छुटको लाभ उठाउन सक्नेछन् जस्तै :

# स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्टकार्डको आधारमा पाउनेछन् ।
(न्युनतम् अर्डर भ्यालु रु. २५०० हुनुपर्नेछ र यो अफर ग्राहकहरुलाई पहिलो भुक्तानि गर्दा मात्र लागु हुनेछ)

# सेलपपेबाट रकम भुक्तानी गर्दा एकहजार लोयल्टिी पोइन्टस् क्यासब्याकको रुपमा पाउनेछन् र नेपालभर निःशुल्क डेलिभरी पाइनेछ । (ग्राहकहरुले यस अफर १ पटक मात्र प्राप्त गर्न सक्नेछन्)

# ई–सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन् ।

# हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुने छ ।
# नेपाल इन्भेस्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुने छ । (न्यूनतम् अर्डर रु. २००० को हुनुपर्ने छ)

# माच्छापुच्छे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. ५०० को सिमा हुने छ ।

## सामसुङ, एमआई र वन् प्लस् ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको बे्रकेज बीमा सुविधा पाइनेछ ।

# हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् ।
(ब्राण्डहरु : मामाअर्थ, ट्रेसमे, गोल्डेन्फ्रेसमार्ट, नेचर्स् केयर, एसेन्सियल् लिभिङ, एक्सएज्, डाक्टरब्राउन, बिबिलभ्, ह्यप्पि फिट् र एभरयुथ)

# १ रुपैया गेम
(१ भाग्यशाली ग्राहकले इनर्जाजरको पावर बैंक जित्ने मौका पाउनेछ)
# २५ डिसेम्बर, विहान १२ बजे देखि विहान १० बजे सम्म अर्डर गर्ने ग्राहकहरुलाई नेपाल भरी फ्रि डेलिभरीको सुविधा उपलब्ध गराईएको छ ।

# फ्ल्यास–सेल र अन्य अफरहरु पनि छन् ।

ग्राहकहरुले सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन् एप् अप्डेट वा डाउनलोड गर्नुपर्नेछ । यो अफर २५ डिसेम्बर देखि १ जनवरी २०२१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्