काठमाडौं । जनता बैंकले आफ्नो दशौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले सोमबार सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा साधारणसभा सम्पन्न गरेको हो । बैंकले उक्त बार्षिक साधारणसभामार्फत सेयरधनीहरुलाई १२ प्रतिशत लाभांस पारित गरेको छ । बैंकले गत आर्थिक बर्ष सम्मको सञ्चित मुनाफा समेतको रकमबाट ९६ करोड रुपैयाँ बराबर लाभांस पारित गरेको हो…